एक महिनामा साढे ४ हजार सवारी दुर्घटना, १९९ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
एक महिनामा साढे ४ हजार सवारी दुर्घटना, १९९ जनाको मृत्यु

सारांश

  • गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् ।
  • नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् ।
  • कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् ।

५ फागुन, काठमाडौं। गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन् । यो कुल दुर्घटनाको ५४.५५ प्रतिशत हो । त्यसपछि जिप कार र भ्यान, माइक्रो २१.२१ प्रतिशत दुर्घटना भएको छ । अन्यमा बस ५.५३, ट्रक, ट्याङ्कर ६.२, ट्याक्टर २.३६ प्रतिशत र टेम्पो ५.१८ प्रतिशत दुर्घटना भएका छन् । अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटनामा परेको पाइएको छ । दुर्घटनाका कारण , सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ । चालकको लापरबाहीले एक हजार १७९ दुर्घटना भएका छन् ।

त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएका छन् । बटुवाले बाटो काट्दा पनि दुर्घटना भएका छन् । चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएका छन् । १९९ को मृत्यु , ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु