वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १६, २०८३
|
|
३०६ पटक हेरिएको
Shares
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द

सारांश

  • काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ।
  • सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
  • यसअघि रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा शनिबारदेखि नै सडक अवरुद्ध भएको थियो।

१६ वैशाख, रामेछाप।

काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। यसअघि रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा शनिबारदेखि नै सडक अवरुद्ध भएको थियो।

मंगलबार साँझ पुनः वर्षासँगै खोलामा पानीको सतह बढेपछि सडक सञ्चालनमा समस्या आएको र सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। सडक बन्दहुँदा काठमाडौंबाट पूर्व आउजाउ गर्ने यातायता साधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको उल्लेख गरिएको छ। प्रहरीका अनुसार मौसममा सुधार भई सडकमा कुनै अवरोध नरहेपछि अर्को सूचना जारी गरेर सडक सुचारु भएको जानकारी गराइनेछ। थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग
सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्