कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु

सारांश

  • अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ ।
  • सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ ।
  • यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।

१४ जेठ, काठमाडौं ।

अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ ।  कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीरताबारे अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।

खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालिकामा पनि कम छ, केवल १३ प्रतिशत मात्रै । समयसँगै खोप नलिनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु दुवै कारण यो समस्या बनिरहेको विज्ञहरू बताउँछन् ।  नयाँ भाइरसले वृद्धवृद्धा र पहिलेदेखि नै बिरामी भएकाहरूलाई बढी असर गरिरहेको छ। त्यसैले ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्रत्येक ६ महिनामा दुई डोज खोप लिन सल्लाह सिडिसीले दिएको छ।अर्को ठूलो कारण भनेको अवस्था बिग्रिएसम्म मानिसहरू उपचार गर्न नखोज्नु पनि मानिएको छ । मोल्नुपिराभिर (मर्क), प्याक्सलोभिड, फाइजरं जस्ता एन्टिभाइरल चक्कीहरू अमेरिकामा उपलब्ध छन्, जुन लक्षणहरू देखा परेको पाँच दिन भित्र लिन सकिन्छ। तर, धेरैले सही समयमा सो औषधी प्रयोग गर्दैनन्।  समयमै परीक्षण र औषधिले गम्भीर संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
गाडीको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
गाडीको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री