Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
४४ पटक हेरिएको
Shares
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभएको छ ।
  • आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताउनु भयो ।

११ साउन, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभएको छ । आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताउनु भयो । जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरुमाथि कुनै आरोप लगाउन नहुने बताउनु भयो ।

विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभइ देशको नेता भएको बताउनु भयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योगदानलाई कदर गर्ने सम्बन्धमा यो पार्टी र त्यो पार्टी गर्नु हुँदैन भन्ने मेरो विश्वास छ । त्यसैकारण मैले शहीदहरुको सन्दर्भमा २०२० सालमा मारिनुभएका शहीद दुर्गानन्द झालाई शहीद मानिएको थिएन । शहीद भनेको मेरो र तेरो हुँदैन । नेता नमरुन्जेल मेरो र तेरो हुनसक्छ । तर मरेपछि नेता सबैको हो । विपी कोईराला बाँचुन्जेल नेपाली काँग्रेसको हुनुहुन्थ्यो अब नेपालको नेता हो । पुष्पलाल अब नेकपाको नेता होइन, बाँचुन्जेल नेकपाको नेता हुनुहुन्थ्यो । अब उहाँ देशको नेता हो ।

गणेशमान अब देशको नेता हो । उहाँले गरेका योगदानले सिंगो नेपाललाई फलिफाप भएको छ भने काँग्रेसको मात्र नेता कसरी हुन्छ ? गणेशमा, विपी कोईराला मेरो नेता किन होइन ? देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न हुँदैन । त्यो देशको नेता हो । मदन भण्डारी अब एमालेको नेता होइन, उहाँ देशको नेता हो । आफ्नो जीवन देशका लागि आहूति गर्नेहरुको सन्दर्भमा फराकिलो दृष्टिकोण लिनुपर्छ । सबै नेताहरुको सम्बन्धमा साँघुरो दृष्टिकोण राख्नु हुँदैन । उहाँहरुको सन्दर्भमा अब हामीले कुनै नकारात्मक टिप्पणी गर्नु हुँदैन, कुनै आरोपित गर्न हुँदैन । किनभने उहाँहरु जवाफ दिन हुनुहुन्न उहाँ ।’ प्रधानमन्त्री ओलीले देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न नहुने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री
मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै