Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् ।
  • भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए।
  • ‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ ।

२० कात्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले असहज अवस्थामा पुग्नुमा समाजमा फैलाइएको घृणा सबैभन्दा महत्त्वपूर्ण कारण रहेको बताए।

‘सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ । त्यसलाई बिथोलेर अपशव्द बोलेर लेखेर घृणा फैलाउनेहरूले धेरै अघिदेखि नै समाजलाई भताभुंग पार्न खोजे । ध्वस्त पार्न खोजे,’ उनले भने, ‘२४ भदौको आगजनी घृणाको पराकाष्टा थियो । घृणा फैलाउँदै लगेर मान्छेलाई राक्षसमा परिणत गरेर आगो लगाइएको हो ।’ उनले सामान्य अवस्थाको मान्छेले त्यसरी आगो लगाउन नसक्ने भन्दै उनले थपे, ‘मान्छेले त आगो लगाउनै सक्दैन । मान्छेलाई राक्षसमा परिणत गरेपछि मात्र आगो लगाउन सकिन्छ । अहिले त्यही भएको हो ।’

पूर्वप्रधानमन्त्री ओलीले घृणा फैलाउने काममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि भूमिका रहेकोतर्फ इंगित गरे । बालेनको नाम नलिई उनले भने, ‘स्टाटस लेख्दा नेपालीले बोल्ने भाषा लेख्छ ? त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन । त्यो असामाजिकता हाम्रो संस्कृतिभित्र पर्दैन । हाम्रो परम्परा सभ्य, आदर हो । असहमति राख्दा पनि सम्मानजनक ढंगले राख्ने हाम्रो परम्परा हो,’ उनले भने, ‘अहिले त अपशब्द बोलेर सुरु गर्नेहरू छन् ।’ मेयर बालेनले केही दिनअघि मध्यरात आपत्तिजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । आलोचनापछि उनले आधा घण्टामै स्टाटस हटाएका थिए । कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिले देश असहज अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ : प्रचण्ड
सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ : प्रचण्ड
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी
जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी