ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१७७ पटक हेरिएको
Shares
ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

सारांश

  • पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।
  •   वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
  •   कान्तिलोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो।

५ साउन, काठमाडौं ।

पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।  वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।  कान्तिलोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो।  यो सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।

त्यसैगरी बाढीपहिरोले आज इलाममा मेची राजमार्ग, भोजपुरमा मध्यपहाडी राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध भएका छन्।  कतिपय राजमार्गमा पहिरो खस्दा एकतर्फी भएका छन्। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ। यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने