सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

सारांश

  • सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।
  • आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो ।
  • अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।

 

२० माघ, काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ । आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो ।

अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर सागर पौडेलले जानकारी दिए । थापासहितका व्यक्तिले कुमारी सहकारी संस्थाको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?