नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

सारांश

  • नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ ।
  • पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।
  •   योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।

१९ चैत, नवलपरासी ।

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।  योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताउनुभयो । ढलानको काम यसै सातादेखि थालिने छ ।

“पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।  विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउनसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड रु १६ अर्ब ९९ करोड ५३ लाखको लागतमा काम भइरहेको सूचना अधिकारी खनालले बताउनुभयो । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय