दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

सारांश

  • प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४:४५ बजेतिर दुर्घटना भएको हो ।
  • पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
  • उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०÷४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।

७ मंसिर,  विराटनगर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपरान्ह मोटरसाइकल दुर्घटना भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४:४५ बजेतिर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०÷४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।

गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । प्रहरीका अनुसार पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई उपचारका क्रममा साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । लिम्बूको मृत्युसँगै उर्लाबारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।

दुर्घटनामा पथरीशनिश्चरे–५ का २५/३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको एसपी चिमरियाले बताए । उनका अनुसार बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकलका चालक दीपक धिमाल रहेको प्रहरीले पत्ता लगाएको छ । अर्को मोटरसाइकलका चालकको नाम खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
प्रचण्ड र मोदीबीच भेटवार्ता
प्रचण्ड र मोदीबीच भेटवार्ता
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै