‘बर्दिवास मेडिकल कलेज’का लागि सत्याग्रहमा बस्न महोत्तरी पुगे डा गोविन्द केसी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
२७२ पटक हेरिएको
Shares
‘बर्दिवास मेडिकल कलेज’का लागि सत्याग्रहमा बस्न महोत्तरी पुगे डा गोविन्द केसी

सारांश

  • गत कात्तिक दोस्रो साता केसी इलाम पुगेर २५औँ सत्याग्रहमा बसेका थिए।
  • त्यस क्रममा कात्तिक २१ गते सरकारसँग ६ बुँदे सहमति गरेपछि उनले सत्याग्रह छाडेका थिए।
  • सहमतिको ५ नम्बर बुँदामा बर्दिबासमा मेडिकल कलेजको स्थापना तथा सञ्चालन कार्य तत्कालै अगाडि बढाउने सहमति भएको थियो।

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले महोत्तरीको बर्दिवासमा २६ औँ सत्याग्रह बस्ने चेतावनी दिएका छन्।

गत कात्तिक दोस्रो साता केसी इलाम पुगेर २५औँ सत्याग्रहमा बसेका थिए। त्यस क्रममा कात्तिक २१ गते सरकारसँग ६ बुँदे सहमति गरेपछि उनले सत्याग्रह छाडेका थिए।

सहमतिको ५ नम्बर बुँदामा बर्दिबासमा मेडिकल कलेजको स्थापना तथा सञ्चालन कार्य तत्कालै अगाडि बढाउने सहमति भएको थियो।

‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्

तर सहमति सरकारले पालना नगरेको आरोप लगाउँदै उनले अर्को सत्याग्रहको तयारी गरेका हुन्। त्यसका लागि केसी शनिबारै महोत्तरीको बर्दिवास पुगिसकेका छन्।

बर्दिवास मेडिकल कलेजका लागि सरकारलाई दबाब दिन आफू सत्याग्रहका लागि बर्दिबास आएको केसीले बताएका छन्।

केसीले बर्दिवास मेडिकल कलेज स्थापना हुने क्षेत्रको आइतबार स्थलगत अवलोकनसमेत गरेका छन्। त्यसक्रममा स्थानीय राजनीतिक अगुवाहरूसँग उनले बर्दिबास मेडिकल कलेजको पक्षमा पुनः सत्याग्रहमा बस्ने निर्णय गरेको बताए।

हाल केसी आफ्ना नातेदार बर्दिबास नगरपालिका–१ निवासी सरोज केसीको निवासमा बस्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
युएई पठाइदिन्छु भनी ठगी गर्ने  एक जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सासूको हत्या आरोपमा बुहारी पक्राउ
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा