पाँच संसदीय समितिका बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ८, २०८३
|
|
७८ पटक हेरिएको
Shares
पाँच संसदीय समितिका बैठक बस्दै 

सारांश

  • आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
  • सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ ।

काठमाडौं ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने तय भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ ।  बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा छलफल हुने छ ।  विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।  बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
अफगानिस्तानमा फेरि ५.६ तीव्रताको भूकम्प
अफगानिस्तानमा फेरि ५.६ तीव्रताको भूकम्प
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली