सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
५५ पटक हेरिएको
Shares
सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन र मौलिक सोचका साथ सन्चालन गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
  • परम्परागत ढंगले चलिरहेका ती संस्थामा सकारात्मक हस्तक्षेप बढाएर मौलिक ढंगले चलाउन सके ‘माओवादीले राम्रो गर्छन्’ भन्ने स्थापित हुने उनको भनाइ छ ।
  • पार्टीको समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया’मा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

१३ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन र मौलिक सोचका साथ सन्चालन गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । परम्परागत ढंगले चलिरहेका ती संस्थामा सकारात्मक हस्तक्षेप बढाएर मौलिक ढंगले चलाउन सके ‘माओवादीले राम्रो गर्छन्’ भन्ने स्थापित हुने उनको भनाइ छ ।

पार्टीको समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया’मा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । ‘नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,’ उनले भने ।सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठूला र परम्परावादी दलहरू सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्तिका कारण समस्या आएको उनले बताए ।

‘अहिले सहकारीमा निकै ठूलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ । जुन दलहरूलाई हामी संसदवादी दलाल पुँजीवादी भन्ने गर्छौं, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ,’ प्रचण्डले भने, ‘पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ–संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठूलो स्केलमा समस्या देखिएका छन् ।’उनले भने, ‘माओवादीहरूले चलाउने सामाजिक संघसंस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नुपर्छ । जनताले फरकपन महसुस गर्नेगरी काम गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि असुरक्षा लगायतका डरले खुल्न नचाहने प्रवृत्ति रहेको भन्दै त्यसलाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ,’ प्रचण्डले भने ।अध्यक्ष प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेता–कार्यकर्ता सहभागी रहेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपता हुनुपर्ने बताए । सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष प्रचण्डले बताए ।विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उनले स्मरण गरे । माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै