सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
३१४ पटक हेरिएको
Shares
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

सारांश

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ ।
  • यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो ।
  • कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् ।

१ जेठ, काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् ।

उता, काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन । एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन् ।

केही समयभित्रै पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकाहरूलाई कक्षा सुरु गराउनुपर्ने र छात्रवृत्तिको समयसीमा नजिकिँदै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न कायम छ ।

अन्योल नहुने सरोकारवालाहरूको दाबी

कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठनलाई लिएर विगतका वर्षहरूमा देखिने गरेको अन्योल यसपटक भने नहुने सरोकारवालाहरूले दाबी गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्व महासचिव लोकबहादुर भण्डारीले सरकारको पछिल्लो व्यवस्थापन र परीक्षा तालिकाको सराहना गरेका छन् । साथै, यसपटक विद्यार्थी र अभिभावकहरू कुनै अन्योलमा पर्नु नपर्ने उनले बताएका छन् । उनले कक्षा १२ को परीक्षा समयमै सकिएकाले समग्र भर्ना प्रक्रिया व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष भण्डारी भन्छन्, ‘सरकारको यो कदम स्वागतयोग्य छ । पहिलेको तुलनामा अहिले भर्ना प्रक्रिया र शैक्षिक व्यवस्थापन झन् सजिलो भएको अनुभूति हामीले गरेका छौँ । अब कक्षा १२ को पनि परीक्षा सकिएकाले विद्यार्थी भर्नालाई लिएर कुनै पनि किसिमको अव्यवस्था वा अन्योल हुने छैन ।’

उनले थपे, ‘विद्यार्थीहरू अन्योलमा पर्ने वा सधैँझैँ पठनपाठन ढिलो सुरु हुने समस्या यसपटक हुँदैन ।’

यसैगरी, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले आगामी शैक्षिक सत्रको समयतालिकाबारे जानकारी दिँदै असारको पहिलो सातादेखि नै कक्षाहरू सुरु हुने स्पष्ट पारेका छन् । भर्ना प्रक्रियालाई सहज बनाउन विद्यालयहरू लागिपरेको उनको भनाइ छ ।

भविष्यको पठनपाठनको कार्यतालिकाबारे जानकारी दिँदै अधिकारीले भने, ‘हामी असारको पहिलो हप्ताबाटै कक्षा ११ को पढाइ सुरु गर्ने तयारीमा छौँ । सुरुमा भर्ना लिने र लगत्तै कक्षाहरू सञ्चालन गर्ने हाम्रो योजना छ । यसले गर्दा विगतमा जस्तो पछि गएर पठनपाठन ढिलो हुने समस्या निम्त्याउँदैन ।’

उनले पनि विद्यार्थी भर्नाका सन्दर्भमा कुनै पनि किसिमको अन्योल नरहेको र समयमै शैक्षिक सत्र अगाडि बढाउन विद्यालयहरू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

शिक्षा मन्त्रालयले यस विषयमा आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको र केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार मन्त्रालयले शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन यो योजना अघि सारेको हो ।

भर्ना अभियानको सन्दर्भमा सहसचिव अधिकारीले भने, ‘असार १ गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ ।’ यसको औपचारिक निर्णय केही दिनमै हुने सहसचिव अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरततालमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला हुँदै
भरततालमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला हुँदै
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने