एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

सारांश

  • सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
  • नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् ।
  • नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

२० वैशाख, काठमाडौँं ।

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । ‘हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौं, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ’, बोर्डले उल्लेख गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए ।

‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो’, उनले भने । बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?
कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु