पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

सारांश

  • यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् ।
  • सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।
  • गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।

काठमाडौं, मंसिर २२ । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन ।

उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन ।

५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा। 
काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा।