रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
८८ पटक हेरिएको
Shares
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते

सारांश

  • रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
  • चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिकमा सवारी दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका हुन् ।
  • दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहट बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२० मंसिररौतहट ।

रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिकमा सवारी दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहट बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा १२ वर्षीय युवराज पटेल  ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।  चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा उक्त घटना भएको प्रहरीले जनकारी दिएको छ । घटनापछि बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठक आज बस्ने
कांग्रेस संसदीय दलको बैठक आज बस्ने
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
देउवा निवास पुगे आन्दोलनकारी, गेट तोडफोड
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा