न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
१८ पटक हेरिएको
Shares
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

सारांश

  • नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीश माथि मोसो दल्नेलाई रिहाइको माग गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • नेकपा बहुमतका कार्यकर्ताले माइतीघरमा शुक्रबार दिउँसो प्रदर्शन गरेका थिए ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३० जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीश माथि मोसो दल्नेलाई रिहाइको माग गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा बहुमतका कार्यकर्ताले माइतीघरमा शुक्रबार दिउँसो प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा बहुमतका सर्जन पाण्डे, हरि विष्ट, उषाकिरण कामी, सक्षम विक, झलक विक, र सर्जन कामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू सबै नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध छन् । आलम रिहा गर्ने फैसला उच्च अदालतका न्यायाधीसद्धय डा. खुसीराम थारु र अर्जुन महर्जनले गरेका थिए ।

न्यायाधीश थारुमाथि नेकपा बहुमतका कार्यकर्ताले बिहीबार मोसो छ्यापेका थिए । मोसो प्रहार गरेको आरोपमा प्रहरीले प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतोलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
मन्त्रिपरिषद बैठक जारी
मन्त्रिपरिषद बैठक जारी
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महाराजगञ्जलाई मोटरसाइकल हस्तान्तरण
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महाराजगञ्जलाई मोटरसाइकल हस्तान्तरण
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल