स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पु¥याएको बताउनुुभएको छ ।
  • नेपाल नगरपालिका सङ्घको आज यहाँ आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो ।
  • “संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन ।

७ चैत, काठमाडौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पु¥याएको बताउनुुभएको छ । नेपाल नगरपालिका सङ्घको आज यहाँ आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो ।

“संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो”, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ ।

यसमा तीनवटै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।” प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरङ्कुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिनुुभयो ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट