Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पु¥याएको बताउनुुभएको छ ।
  • नेपाल नगरपालिका सङ्घको आज यहाँ आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो ।
  • “संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन ।

७ चैत, काठमाडौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पु¥याएको बताउनुुभएको छ । नेपाल नगरपालिका सङ्घको आज यहाँ आयोजित ३२औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो ।

“संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे बहस भएको छ तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो”, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ ।

यसमा तीनवटै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।” प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरङ्कुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिनुुभयो ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य