कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
१८ पटक हेरिएको
Shares
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य

सारांश

  • कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ।
  • परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जना हुने तथा  आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा सरकारले गरेलो छ।
  • सरकारका अनुसार ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ।

१३ भदौ, विराटनगर ।

कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ। परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जना हुने तथा  आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा सरकारले गरेलो छ। सरकारका अनुसार ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ।

६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोडको च्यालेञ्ज फन्डमार्फत  प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। यसबाहेक इनफर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ। परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ।  ‌

कोशी प्रदेश सरकारका अनुसार, उदय परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिएको छ। परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको  सरकारको भनाइ छ। यो परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ।

पहाडी क्षेत्रको बसाइसराइलाई मध्यनजर गरेर त्यहाँ सञ्चालन रहेका साना तथा मजौला उद्योगलाई प्रवर्धन गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

यो परियोजना अन्तर्गत कोशी प्रदेश सरकारको क्रेडिट ग्यारेन्टीमा झण्डै ८ अरब रुपैयाँ लगानी परिचालन हुनेछ। पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुनेछ। परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्ने गरी तयार गरिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा
चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा