Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
५० पटक हेरिएको
Shares
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण

सारांश

  • शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो ।
  • उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ ।
  • नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो ।

 

७ वैशाखः  तनहुँ :

शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ । नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो ।

कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते विसं २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । नगरले यहाँ कल्भर्ट निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेपनि रु २२ लाख १० हजार २५० मा ठेक्का सम्झौता भई कल्भर्ट निर्माण भएको शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । कल्भर्टको लम्बाइ २० मिटर रहेको छ । कल्भर्ट निर्माणपछि शुक्लागण्डकी–१० स्थित कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका सर्वसाधारणलाई आवागमन सहज भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ वर्षाका बेला खोला बढेर वारपार गर्न निकै समस्या थियो । सोही कारण पालिकाले आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाएको हो ।” बर्सेनि बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र बिरामी हँुदासमेत जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या समाधान भएको स्थानीय दीपबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोला बढ्दा पनि सहज रूपमा विद्यालय, अस्पताललगायत काममा जान सकिन्छ ।” नेपालीले वडा र नगरपालिकाका कर्मचारीलाई कल्भर्ट नहुँदा स्थानीयले भोगेका समस्याका बारेमा बारम्बार जानकारी गराएपछि समाधान भएको उल्लेख गर्नुभयो । कल्भर्टको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कल्भर्ट नहुँदा जनताले पाएको दुःखबारे जानकारी प्राप्त हुनासाथ हामीले आन्तरिक बजेट विनियोजन गरेर काम अगाडि बढायौँ । म्याद अगावै काम पनि सम्पन्न भयो ।” उपप्रमुख खुमबहादुर विकले गाउँलाई सहरसँग जोड्न पालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
यस्ता छन् सर्वदलीय बैठकले गरेका तीन निर्णय
यस्ता छन् सर्वदलीय बैठकले गरेका तीन निर्णय
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो