एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा

सारांश

  • एक जना हत्यामा संलग्न १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सोमबार साँझ साढे ७ बजेको समयमा काठमाडौं महानगरपालिका १४ खड्कागाउँ स्थित सडक खण्डमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिएर भएको झडपमा परेर दोलखाको मेलुङ गाउँपालिका ४ घर भई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ बस्दै आएका २३ वर्षका अभय भन्ने अबे तामाङको हत्या हत्या भएको घटनामा संलग्न १६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।
  • उक्त घटनामा संलग्न पर्सा सखुवा प्रसौनी १ का २१ वर्षीय आशिष श्रेष्ठ, धादिङ गल्छी ५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौं, चन्द्रागिरी १५ का २७ वर्षीय राज अर्याल, सिन्धुली, कमलामाई ११ का २० वर्षीय डेनियल विश्वकर्मा, सर्लाही, बागमती ५ का २० वर्षीय निश्चल तामाङ, सुनसरी घर भई काठमाडौं १४ कलंकी बस्ने १९ वर्षीया सुशान श्रेष्ठ, धादिङ, सिद्धलेक ७ का २३ वर्षीय बिनय आलेमगर, उदयपुर, ताप्ली ७ का २१ वर्षीय खेमराज मगर, गोरखा गण्डगी १ का २२ वर्षीय रन्जित श्रेष्ठ र उदयपुर, ताप्ली ७ का २० वर्षीय साङ्गे तामाङ रहेका छन् ।

 

१२ चैत,  काठमाडौं । एक जना हत्यामा संलग्न १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ साढे ७ बजेको समयमा काठमाडौं महानगरपालिका १४ खड्कागाउँ स्थित सडक खण्डमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिएर भएको झडपमा परेर दोलखाको मेलुङ गाउँपालिका ४ घर भई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ बस्दै आएका २३ वर्षका अभय भन्ने अबे तामाङको हत्या हत्या भएको घटनामा संलग्न १६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा संलग्न पर्सा सखुवा प्रसौनी १ का २१ वर्षीय आशिष श्रेष्ठ, धादिङ गल्छी ५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौं, चन्द्रागिरी १५ का २७ वर्षीय राज अर्याल, सिन्धुली, कमलामाई ११ का २० वर्षीय डेनियल विश्वकर्मा, सर्लाही, बागमती ५ का २० वर्षीय निश्चल तामाङ, सुनसरी घर भई काठमाडौं १४ कलंकी बस्ने १९ वर्षीया सुशान श्रेष्ठ, धादिङ, सिद्धलेक ७ का २३ वर्षीय बिनय आलेमगर, उदयपुर, ताप्ली ७ का २१ वर्षीय खेमराज मगर, गोरखा गण्डगी १ का २२ वर्षीय रन्जित श्रेष्ठ र उदयपुर, ताप्ली ७ का २० वर्षीय साङ्गे तामाङ रहेका छन् । यस्तै काठमाडौं, नागार्जुन ९ का २५ वर्षीय अजित बुढाथोकी, काठमाडौं नागार्जुन १० का २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली ९

का २० वर्षीय प्रबिन झेडी, तनहुँ व्यास १० का १९ वर्षका गौतम कमर, सुनसरी धरान ७ का २२ वर्षीय प्रवेश गुरुङ र काठमाडौं दक्षिणकाली १ का २२ वर्षीय डेबिड घले रहेका छन् । उनीहरुले धारिलो हतियार तथा फलामको रड प्रहार गरेर घाइते बनाएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको परिसरकार प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार घटनामा अनुसन्धानको क्रममा संलग्न देखिएका १६ जनालाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन
आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना
आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर