Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ

सारांश

  • धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो ।
  • बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो ।
  • तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

 

७ भदौ , धरान-प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ ।

धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो । बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो । तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

धरान र धनकुटाको सीमानामा पर्ने भेडेटार चेक पोस्ट समेत पार गरेर धरान तिर ठूलो परिमाणमा गाँजा ल्याइरहेको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले सारंगा मोडमा को १ ख ४७३३ नम्बरको ट्रक रोकेका थिए । रोकिएको ट्रकमा खानतलासी गर्दा सागसब्जी फलफूल तरकारी तथा मुलाका केही बोराले छोपिएको अवस्थामा ४४ सेता बोरामा गाँजा बरामद गरिएको थियो ।  बरामद गाँजा हालसम्मको ठुलो परिमाण भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी गाँजा खेती धनकुटाको शहीदभूमि गाउँपालिकामा हुने गरेको छ । त्यहाँ तयार पारिएको गाँजा नेपालमा खपत नभई भारतीय बजारमा तस्करी हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?