मौन अवधिभर के के गर्न पाइँदैन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
मौन अवधिभर के के गर्न पाइँदैन ?

सारांश

  • आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ ।
  • मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।
  • यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

 

१९ फागुन, काठमाडौं ।

आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनै पनि तरिकाबाट मत माग्न नपाउने निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

सामाजिक सञ्जालमा कडाइ
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन । निर्वाचन प्रचारप्रसारमा रोक
निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । भोज भतेर, हुलहुज्जत गर्न नहुने
बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ञ्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

मतदानमा बाधा पुर्याउन नहुने
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन । प्रचारप्रसार सामग्री हटाउनु पर्ने
मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ । विज्ञापन हटाउनु पर्ने
राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । मतदान केन्द्रमा शान्ति कायम राख्नु पर्ने
मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
६ दिनदेखि बेपत्ता युवकको श*व जङ्गलमा फेला
६ दिनदेखि बेपत्ता युवकको श*व जङ्गलमा फेला