Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मौन अवधिभर के के गर्न पाइँदैन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मौन अवधिभर के के गर्न पाइँदैन ?

सारांश

  • आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ ।
  • मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।
  • यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

 

१९ फागुन, काठमाडौं ।

आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनै पनि तरिकाबाट मत माग्न नपाउने निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

सामाजिक सञ्जालमा कडाइ
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन । निर्वाचन प्रचारप्रसारमा रोक
निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । भोज भतेर, हुलहुज्जत गर्न नहुने
बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ञ्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

मतदानमा बाधा पुर्याउन नहुने
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन । प्रचारप्रसार सामग्री हटाउनु पर्ने
मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ । विज्ञापन हटाउनु पर्ने
राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । मतदान केन्द्रमा शान्ति कायम राख्नु पर्ने
मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
यि हुन् निजामती विधेयकमा मिल्न बाँकी १० विषय
यि हुन् निजामती विधेयकमा मिल्न बाँकी १० विषय
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै