राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।
- ध्यानाकर्षण पत्रमा घटनाबारे सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गनुपर्ने, छानबिनका लागि गृहमन्त्रीको राजीनामा हुनुपर्ने, चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने माग गरिएको छ ।
- यस्तै मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा धवलसम्शेर राणा लगायत अन्यमाथिको मुद्दा खारेजी र निर्दोषहरूको रिहाई गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको लिङ्देनले बताए ।

२१ चैत, काठमाडौं-
राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा घटनाबारे सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गनुपर्ने, छानबिनका लागि गृहमन्त्रीको राजीनामा हुनुपर्ने, चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने माग गरिएको छ ।यस्तै मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा

तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा धवलसम्शेर राणा लगायत अन्यमाथिको मुद्दा खारेजी र निर्दोषहरूको रिहाई गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको लिङ्देनले बताए । गत शुक्रबार तीनकुने क्षेत्रमा राजवादी समूहबाट भएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु हुनुका साथै कैयन घाइते र तोडफोडको घटना भएको थियो ।


प्रतिक्रिया