पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

सारांश

  • प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् ।
  • खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।
  • आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।

१६ चैत,काठमाडौं ।

प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । तर, खड्का आज त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान ३ बजे अस्पताल ल्याइएको थियो । अहिले १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो । जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन् । शनिबार नै अस्पताल भर्ना भएका उनी चिकित्सकको निगरानीमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
डडेलधुरामा दुई पुरुषको मृत्यु
डडेलधुरामा दुई पुरुषको मृत्यु
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी
रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी