२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो

सारांश

  • १२ अंक घटेको छ ।
  • योसँगै आज नेप्से परिसूचक २६०९ मा कायम भयो ।
  • पौने १ बजे बजार २६४० अंकसम्म पुगेको थियो ।

 

१४ पुस,  आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । योसँगै आज नेप्से परिसूचक २६०९ मा कायम भयो । पौने १ बजे बजार २६४० अंकसम्म पुगेको थियो । यद्यपि अडिन भने सकेन । आज कारोबार रकम सामान्य बढेको छ ।

गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । आइतबार ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो । माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै, अन्य समूह ०.२९ प्रतिशत बढ्यो ।फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ