महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

सारांश

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् ।
  • मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् ।
  • उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् ।

१८ माघ, काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् । मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’

मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक नरहेको बताइन् । उनले देशभर महिलाको मतदान दर २५ देखि २८ प्रतिशतसम्म सीमित रहेको छ भने मधेस प्रदेशमा यो आँकडा अझै कम रहेको बताइन् । उनले भनिन्, ‘निर्वाचनमय देश बनेको छ । नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । तर जब भोट खस्छ तपाईंको २५ देखि २८ प्रतिशतसम्म जान्छ तर मधेसमा त्यो आंकलन अझ कम छ । सबै दिदीबहिनीहरुले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा उनले सबै दिदीबहिनीलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
पानीको पाइप फुटेपछि जलमग्न बन्यो विशेष अदालत
पानीको पाइप फुटेपछि जलमग्न बन्यो विशेष अदालत