रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् ।
  • शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
  • केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

६ पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् । शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।

केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए । सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए । शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने
धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण
६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला