Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

सारांश

  • ६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् ।
  • यद्यपि, उनको मन भने गलीसकेको छ ।
  • मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो ।

७ चैत, सिरहा ।

६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् । यद्यपि, उनको मन भने गलीसकेको छ । मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो । बिहान झिसमिसेमै गंगादेवी रित्तो गाग्री काखमा च्यापेर निस्किँदा पानीले प्यास मेट्ने खुसीभन्दा बढी अपमानको डरले डेरा जमाइहाल्छ । उनी सधैँ नजिकको एक इँटा भट्टामा पानी भर्न जान्छिन् । त्यही उनले अपमान सही राख्नुपर्छ ।

‘कहिले पानी भर्नै दिँदैनन् । कहिले पालो कुरिरहेका बेला लखेट्छन्,’ गंगादेवी अनलाइनखबर दुखेसो पोखिन, ‘ कहिल्यै रित्ता भाँडाकुँडा पर हत्याइदिन्छन् ।’ गंगादेवीले सुनाएको यो अनुभव सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा कथा हो । यहाँका यी ५० दलित घरधुरीले पानीका लागि हरेक दिन यसै गरी अपमान र सास्ती भोग्नुपर्छ । देशमा व्यवस्था फेरियो, गाउँमा सरकार आयो । तर निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन । यही बस्तीमा जुगेश्वरीदेवी रामले झन्डै जुनी बिताइसकिन । कपालले रंग फेरेर सेताम्मे भइसके । तर, उनले वर्षौअघि पानीका लागि भोग्दै आएको अपमान उस्तै छ ।

‘पहिला खेतको बोरिङबाट पानी ल्याउँथ्यौँ, कैयौँ दिन त पानी नहुँदा बालबालिका भोकै काममा गएका छन्,’ जुगेश्वरीको अनुभव छ,‘यहाँ पानीका दुःख कहिल्यै गएनन् ।’ नेताहरूप्रति निपाने बस्तीसँग अहिले गुनासो, गुनासोमा सीमित छैन, आक्रोशमा बदलिइसकेको छ । बहुदल आएपछि भएका हरेक चुनावमा नेताहरूले ‘पानी ल्याइदिने’ वाचा गरेरै भोट मागेका छन् । तर, त्यो पानी निपानेमा कहिल्यै आएन । गाउँको बिचमा ६ महिनाअघि गोलबजार नगरपालिकाले एउटा बोरिङ भने जडान गरिदिएको छ । तर, त्यो बोरिङमा सफा पानी अहिलेसम्म झरेको छैन । ‘कहिल्यै त्यो बोरिङ नै चल्दैन ।

चलिहालेछ भने फोहोर पानी फाल्छ,’ स्थानीय रामकुमारी महरा भन्छिन् । बोरिङ निर्माणको जिम्मा पाएका ठेकेदार कपिल साहले आफूले योजनाअनुसार नै मेसिन जडान गरेको बताउँछन् । ‘हामीले त जडान गरेकै हौँ, तर गाउँमा पानीको निकास नभएकाले धमिलो पानी आएको हुनसक्छ,’ उनले भने, ‘मर्मतका लागि प्राविधिक टोली पठाउने तयारी गरिरहेका छौँ । पानी निकासको बाटो खुल्यो भने पानी सफा हुन थाल्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु