बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
१६ पटक हेरिएको
Shares
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती

सारांश

  • जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खडकाले प्रहरी संगठनको नीति निर्देशन नमान्ने प्रहरी अधिकारीलाइ कारवाही गरिने चुनौती दिए पश्चात् जिल्लामा प्रहरीको सकृयता बढेको छ ।
  • जिल्ला भित्र हुने अनैतिक क्रियाकलापका साथै चोरी तस्करी सङ्ग साठघाट राख्ने प्रहरीलाई कानूनी दायरामा ल्याउने बताएपछी जिल्ला भित्र रहेका प्रहरीहरू सकृयता बढाउन थालेका हुन ।
  • जिल्लाको भित्रि भेगमा रहेका प्रहरीका साथै नेपाल र भारतको सीमामा तैनाथ रहेका प्रहरीहरूलाइ कडा निर्देशन पाउनसाथ चोरी तस्करीमा न्यूनीकरण हुन थालिएको सीमा नजिक वरपरका स्थानीयहरूले आफ्नो जिज्ञासा राखे ।

बारा, २८  भाद्र । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खडकाले प्रहरी संगठनको नीति निर्देशन नमान्ने प्रहरी अधिकारीलाइ कारवाही गरिने चुनौती दिए पश्चात् जिल्लामा प्रहरीको सकृयता बढेको छ । Worldlink adsजिल्ला भित्र हुने अनैतिक क्रियाकलापका साथै चोरी तस्करी सङ्ग साठघाट राख्ने प्रहरीलाई कानूनी दायरामा ल्याउने बताएपछी जिल्ला भित्र रहेका प्रहरीहरू सकृयता बढाउन थालेका हुन ।जिल्लाको भित्रि भेगमा रहेका प्रहरीका साथै नेपाल र भारतको सीमामा तैनाथ रहेका प्रहरीहरूलाइ कडा निर्देशन पाउनसाथ चोरी तस्करीमा न्यूनीकरण हुन थालिएको सीमा नजिक वरपरका स्थानीयहरूले आफ्नो जिज्ञासा राखे । खुल्ला सीमा भएको कारण चोरी तस्करी समाप्त हुन नसकेपनी सीमामा तैनाथ रहेका प्रहरीले आफ्नो निगरानी बढाएको मटिअर्वा निवासी चन्देश्वर चौरसिया बताउछन ।बाराको सीमावर्ती क्षेत्रका साथै जिल्लाको भित्रि भेगमा अवस्थित प्रहरी चौकिका कमान्डरहरूलाइ समेत कानून बमोजिम कारवाही गर्ने चुनौती दिए पछि निगरानी बढाइएको पाइन्छ । बिगतको तुलनामा गोलि कान्ड, हत्या जस्ता क्रियाकलापमा कमि भएको समेत जिल्लावासी बताउछन । खुल्ला सीमा भएको कारण चोरी तस्करी मात्र नभइ अपराधी क्रियाकलाप गर्ने समूह पनि भित्रिन सक्ने भएकोले सीमा नाकामा कडाइ गरिएको प्रहरी बताउछन । हुन्डी कारोबारदेखि लागू औषध ओसार पोसार गर्ने समूह माथी समेत निगरानी बढाउन आदेश आएको कारण सीमामा कडाइ गरिएको सीमामा तैनाथ प्रहरीहरू बताउछन ।यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खडकाका अनुसार अपराधी कृयाकलापका साथै चोरी तस्करी नियन्त्रण गर्नमा स्थानीयको सहयोग अपरिहार्य रहेको बताउनु भयो । स्थानीयहरूले प्रहरीलाई सुचना दिएर सहयोग गरे अपराधी क्रियाकलाप र चोरी तस्करी समाप्त पार्न सकिने, उनले बताए । जिल्ला प्रहरी कार्यालय बाराको मातहातमा रहका सबै युनिटलाइ कडा रूपले निगरानी बढाउन आदेश दिएको स्विकार्दै कानूनको नीति निर्देशन विपरित कार्य गर्ने जोकोही प्रहरीलाई कारवाही गर्नबाट पछि नहटने अठोट लिएको एसपी महेन्द्र खडकाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
नेप्से परिसूचक सात अङ्कले बढ्यो
नेप्से परिसूचक सात अङ्कले बढ्यो
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो