करोडौँको योजना कार्यान्वयन हुन सकेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
३४ पटक हेरिएको
Shares
करोडौँको योजना कार्यान्वयन हुन सकेन

सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।
  • अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो ।
  • अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताए ।

 

११ भदौ , । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताए । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९-८० मा रु ८० लाख र २०८०-८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो । “यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कताबाट सडक बनाउने भन्ने टुङ्गो नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन”, उनले भने, “सडक आयोजनाले अहिले तातोपानी कुण्ड मुनी कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्शाङ्कन टुङ्गो लगाएको छ ।” तर सङ्घीय सरकारले यसपाली भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौटी गरेको छ । जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन । खुला आकाशमुनि रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन । खुला रुपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न व्यवस्थित ठाउँ आवश्यक छ ।सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकका लागि भुरुङ–तातोपानीलाई थकान मेटाउने विश्रामस्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएका तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्शाङ्कन परिवर्तन गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाले माग गरेका थिए ।तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरि कुण्डमुनिबाट सडकको नयाँ नकङ्कन गरिएको छ । अन्नपूर्ण अध्यक्ष भारतकुमार पुनले नयाँ नक्शाङ्कन अनुसार भुरुङ–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताए। सङ्घीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसके पनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उनले बताए। बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वानको तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
मौसम पूर्वानुमान : देशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान : देशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
शनिबार विदेशी मुद्राको विनिमयदर कति?
शनिबार विदेशी मुद्राको विनिमयदर कति?
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर