सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

सारांश

  • सङ्घीय लोकतान्त्रिक मोर्चाले आफ्नो जनजागरण अभियान अन्तर्गत आज विराटनगरमा कार्यक्रम गर्न लागेको छ ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुने सो कार्यक्रम विराटनगरको अतिथि सदनमा हुनेछ ।
  • जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनतालाई अवगत गराउन देशका विभिन्न स्थानमा अभियान चलाइँदै आएको हो ।

१६ भदौ, विराटनगर ।

सङ्घीय लोकतान्त्रिक मोर्चाले आफ्नो जनजागरण अभियान अन्तर्गत आज विराटनगरमा कार्यक्रम गर्न लागेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुने सो कार्यक्रम विराटनगरको अतिथि सदनमा हुनेछ । जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनतालाई अवगत गराउन देशका विभिन्न स्थानमा अभियान चलाइँदै आएको हो ।

कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । मोर्चाले यसअघि तय गरेको कार्यतालिकाअनुसार आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा पनि जनजागरण अभियान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?