सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

सारांश

  • परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् ।
  • यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ ।
  • भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ ।

२६ भदौ, काठमाडौं ।

परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ । अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ । जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ ।

नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन । उक्त नाका जोड्ने सडक समेत अझै सुचारु भइसकेको छैन । तातोपानी नाकामा समेत सडक सहज छैन । भारततर्फको व्यापारका लागि यातायात खुलेको छैन । उता, राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै प्रकारका मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहेको यसअघि नै बताइसकेको छ । भदौ अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना हो । दशैं र तिहारका लागि लक्षित गरी बढी सामान यसै महिना आउने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल
भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्