त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
५२ पटक हेरिएको
Shares
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा

सारांश

  •   त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नतक तहका परीक्षा स्थगित गरेको छ।
  • त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो।
  • त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थिति भन्दै परीक्षा स्थगित गरेको हो।

२३ भदौ, काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नतक तहका परीक्षा स्थगित गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थिति भन्दै परीक्षा स्थगित गरेको हो। स्थगित परीक्षाहरु असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ। सोमबार जेनजीले गरेको प्रदर्शनमा ठूलो संख्यामा मानवीय क्षति र घाइते भएसँगै उपत्यका र अन्यत्र समेत कर्फ्यु आदेश जारी गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?