भारतमा ककरोच जनता पार्टीद्वारा ‘जेल भरो आन्दोलन’को घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
१४३ पटक हेरिएको
Shares
भारतमा ककरोच जनता पार्टीद्वारा ‘जेल भरो आन्दोलन’को घोषणा

सारांश

  • सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार यसबारे जानकारी दिएका हुन् ।
  • अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन् ।
  • दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।

 

भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार यसबारे जानकारी दिएका हुन् । अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन् ।

दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको थियो । यद्यपि, सीजेपीलाई मुम्बईमा आन्दोलन गर्न अनुमति दिइएको छैन । यस विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने यस्ता प्रयास स्वीकार्य नहुने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?