प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

सारांश

  • प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२—८३ को बजेट आइतबार ल्याउँदै छन् ।
  • सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आर्थिक वर्ष २०८२–८३को आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत सम्बन्धित प्रदेशसभामा प्रस्तुत गर्दैछन् ।
  • केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

१ असार, काठमाडौं ।

प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२—८३ को बजेट आइतबार ल्याउँदै छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आर्थिक वर्ष २०८२–८३को आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत सम्बन्धित प्रदेशसभामा प्रस्तुत गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । यसैगरी लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१-८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो । बाग्मती प्रदेशले ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०८१-८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । यस्तै, मधेश प्रदेशले आर्थिक वर्ष २०८२-०८३ का लागि करिब ४५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।आर्थिक वर्ष २०८१–८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड