Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा

सारांश

  • पोखरा ल्याएलगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
  • स्वास्थ्य परीक्षणपछि लामिछानेलाई करिव पौने तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।
  • सहकारी ठगी र संगठीत अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रवार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो ।

 

३ कार्तिक, पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार पोखरा ल्याइएको छ । पोखरा ल्याएलगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणपछि लामिछानेलाई करिव पौने तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । सहकारी ठगी र संगठीत अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रवार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो ।  लामिछानेलाई सडक मार्ग हुँदै पोखरा ल्याइएको हो । पोखरा ल्याउने क्रममा रास्वपाका कार्यकताले पृथ्वीराजमार्गको ठाउँ ठाउँमा भेलाभएर नराबाजी गरेका थिए ।

पोखरा ल्याएपछि पनि जिल्ला प्रहरी कार्यालय अघि रास्वपाका कार्यकताले नाराबाजी गरेका थिए । सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि पार्टीका उच्च तहका नेता पनि पोखरा आएका छन् । पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले अर्का उपाध्यग डिपी अर्याल लगायतका नेता शनिबार राति नै पोखरा आएका छन् । उपाध्यगा अर्याल र रविकी पत्नी निकिता पौडेल रविसँगै गाडीमा आएका थिए ।

पार्टी सभापति लामिछाने पक्राउको बिरोधमा ११ बजे रास्वपाले पोखराको मानवअधिकार चोकमा बिरोध सभा हुँदै छ । राजनीतिक प्रतिशोध गरेर पार्टी सभापतिलाई सहकारी र संगठीत अपराधमा पक्राउ गरिएकोले जनतालाई यसबारे सचेत गराउन सभा गरिएको रास्वपा गण्डकीका संगठन विभागका सचिव एकराज न्यौपानेले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
नेपालले आज ताजकिस्तानिसँग खेल्दै
नेपालले आज ताजकिस्तानिसँग खेल्दै
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
एनसेल बिक्रीमा समिति बनाउन आवश्यक थिएन : रवि लामिछाने
एनसेल बिक्रीमा समिति बनाउन आवश्यक थिएन : रवि लामिछाने