एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु

सारांश

  • ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
  • गए राति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको हो ।
  •   दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

१७ मंसिर, काठमाडौँ ।

ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । गए राति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको हो ।  दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

पिकअपले पैदल यात्रीलाई ठक्कर दिएपछि पैदल यात्री विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको निजी कारमा ठोक्किन पुगिन् । पैदल यात्रुलाई ठक्कर दिएपछि रोकिएको पिकअपको पछाडिबाट दुई वटा मोटरसाइकल ठोक्किएको छ । ना.५७ प ३९२१ नम्बरको मोटरसाइकल र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको एसपी सुवेदीले बताए ।

३९२१ नम्बरको मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका–३ घर भएका अनुराग प्रसाद कुशुहवा घाइते भएका छन् । पिकअप चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र ७२४६ नम्बरको मोसा चालक धनुषा घर भएका १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
मुगुमा मत गणनाको तयारी हुँदै
मुगुमा मत गणनाको तयारी हुँदै
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने