ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

सारांश

  • म्याग्दीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • बिहीबार राति म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
  • दुर्घटनामा १८ वर्षीय देविन बिक र २१ वर्षका पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

८ चैत, काठमाडौं ।

म्याग्दीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

दुर्घटनामा १८ वर्षीय देविन बिक र २१ वर्षका पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो भने देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनालाई थप उपचारका लागि पोखराको मणि पाल पठाइएको छ । अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्रयाक्टर सडकबाट करिब डेढ सय मिटर तल खसेर खोँचमा अड्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा
इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन
अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र