संसद भवन अगाडिको सडकमा कडा सुरक्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
८५ पटक हेरिएको
Shares
संसद भवन अगाडिको सडकमा कडा सुरक्षा

सारांश

  • प्रहरीले संसद भवन अगाडिको सडक बन्द गरेर सुरक्षा कडा पारेको छ ।
  • गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गरी संसद भवन अगाडिको सडक बन्द गरेको हो ।
  • नयाँबानेश्वर चोकबाट तिनकुनेतर्फ जान रोकिएको छ भने तिनकुनेबाट सिभिल अस्पताल अगाडितर्फबाट संसद भवनतिर आउने सडक बन्द गरिएको छ ।

१५ चैत, काठमाडौं ।

प्रहरीले संसद भवन अगाडिको सडक बन्द गरेर सुरक्षा कडा पारेको छ । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गरी संसद भवन अगाडिको सडक बन्द गरेको हो । नयाँबानेश्वर चोकबाट तिनकुनेतर्फ जान रोकिएको छ भने तिनकुनेबाट सिभिल अस्पताल अगाडितर्फबाट संसद भवनतिर आउने सडक बन्द गरिएको छ ।

प्रहरीले ब्यारिकेड राखेर सडक बन्द गराएको छ । हतियारसहितका सुरक्षाकर्मीहरु तैनाथ छन् । सो सडक खण्ड पूर्णरुपमा बन्द गरिएको छ । गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकहरुमा सवारी आवागमन अस्तव्यस्त भएको छ ।तिनकुने क्षेत्रमा राजावादीहरुको सभा हुँदै छ । भक्तपुर, चाबहिल लगायतका क्षेत्रबाट र्‍यालीसहित राजाका समर्थकहरु पुग्ने क्रम जारी छ ।]

राष्ट्रिय झण्डा बोकेका उनीहरुले राजसंस्था पुनर्स्थापना, गणतन्त्र खारेजी लगायतका माग राख्दै नारा लगाएका छन् । कतिपयले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्का नारा पनि लगाएका छन् । केहीबेर अघि तिनकुनेबाट नयाँबानेश्वरतर्फ आउने सडकनेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । तर अहिले अवस्था सामान्य देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन