उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
२७४ पटक हेरिएको
Shares
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् ।
  • सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् ।
  • उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।

२५ वैशाख,  काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।’

अध्यक्ष राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी अब हाम्रो पार्टीको हिस्सा होइनन् भनेका छन् ।
उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो । तर वहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ! वहाँको निर्णयमा पार्टीको कुनै निर्देशन र ह्वीप रहंदैन ! त्यसैले मैले खेदप्रकट गरिसकें ! She is not part of us.’ साम्पाङ चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएकोमा उपसभामुखले पनि सहमति जनाएको भन्दै आपत्ति जनाएका थिए । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाटै सांसद हुँदै उपसभामुख बनेकी हुन् । ठाकुरले पनि उक्त निर्णयमा सहमति जनाएको भन्दै अध्यक्ष साम्पाङले त्यसलाई खेदजनक भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल
संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल
उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट