सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ ।
  • आइतबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डोल प्रसाद (डिपी) अर्यालले यस्तो चुनौती दिएका हुन् ।
  • दुई दलको दम्भले होइन निति र विधिबाट छानबिन गरौं ।

११ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ । आइतबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डोल प्रसाद (डिपी) अर्यालले यस्तो चुनौती दिएका हुन् । दुई दलको दम्भले होइन निति र विधिबाट छानबिन गरौं । त्यसपछि थाहा हुन्छ, आफ्नालाई नजोगाएर देखाउ अनि थाहा हुन्छ हामीले किन छानबिनको माग गरेका छौं,’ उनले भने ।

उपसभापति अर्यालले राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि माग गरेका छन् । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन म आग्रह पनि गर्दछु,’ उनले भने । तर, सरकार सत्तारुढ दलका नेता जोगाउनेमा केन्द्रित रहेको दोहोर्‍याए । उनले भनेका छन्, ‘सहकारीको प्रतिशोध हो कि होइन भन्ने विषय आफ्ना नेताहरूमाथि छानबिन सुरु गरौं त्यसपछि थाहा हुन्छ, प्रमाणित हुनेछ,’ उनले भने ।

आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको उनले बताए । यसको आधारमा सत्तारुढ दलका नेतामाथि छानबिन नहुने प्रवृति नै रहेको उनको भनाइ छ । संसदमा प्रश्न उठेपछि आफ्नो पार्टीका सभापतिमाथि छानबिन समिति बनेको उनले स्मरण गरे । ‘बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रहरी महानिरीक्षकबाटै समेत संलग्नता छैन भन्दा भन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन तयार भयौं । हाम्रो पार्टीको सभापतिमाथि छानबिन भयो र हामी आदालततिर कानुनी लडाईंमा छौं,’ उनले भने । यसैगरी आरोप लागेका नेताहरूमाथि वर्तमान सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
ग्यास आपूर्ति सहज बनाउन क्यूआरटी गठन
ग्यास आपूर्ति सहज बनाउन क्यूआरटी गठन
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ