Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ ।
  • आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ ।
  • यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ ।

 

४ जेठ, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ ।

यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
कोशीमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन
कोशीमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए