महोत्तरीमा धानको खेतमा नवजात शिशु फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
महोत्तरीमा धानको खेतमा नवजात शिशु फेला

सारांश

  • महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार बुधबार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धान खेतमा अन्दाजी १५/१६ दिनको शिशु जीवितै फेला परेको हो ।
  • जिउमा हल्का नीलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरूले धान खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

२९ असोज, महोत्तरी ।

महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार बुधबार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धान खेतमा अन्दाजी १५/१६ दिनको शिशु जीवितै फेला परेको हो । जिउमा हल्का नीलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरूले धान खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएको छ भने शिशु पूर्णरूपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ ।  शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । धान खेतमा किन छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलास गर्न भनिएको प्रनाउ भट्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो
सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव