राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी

सारांश

  • काठमाडौंको पेरिसडाँडा नजिक नेपाल प्रहरीको गाडीमा आगजनी भएको छ ।
  • राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् ।
  • आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन।

 

१५ चैत,  काठमाडौं ।

काठमाडौंको पेरिसडाँडा नजिक नेपाल प्रहरीको गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन।प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो। प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं छन् । राजावादीहरूले बिहानैदेखि उग्र प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?