इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

सारांश

  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएको छ ।
  • पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
  • बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

७ असार, काभ्रेपलाञ्चोक ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएको छ । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ । यसपटक पहिरोले इकुमा मात्र चारपटक सडक अवरुद्ध भइसकेको छ । यसअघि पनि पहिरोका कारण गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?