समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
३२ पटक हेरिएको
Shares
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड

सारांश

  •   पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन् ।
  • नेकपा (माओवादी केन्द्र)र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि आज ललितपुरमा आयोजित कार्यक्रममा उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे।
  • ‘सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ ।

१२ जेठ, काठमाडौं । 

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि आज ललितपुरमा आयोजित कार्यक्रममा उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे।

‘सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहनु भएको छ, उहा पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ’, प्रचण्डले भने, ‘गंगानारायण श्रेष्ठले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो सराहनीय छ ।’ आज सुरु भएको प्रयास दूरगामी राजनीतिक महत्त्वको प्रयास भएको बताउँदै उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे। आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए।

उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाइ सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पारे। उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए। महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराए। उनले जनवादी केन्द्रीयताको मान्यता अनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराए। दुई पार्टीबीच पार्टी समायोजनपश्चात् गंगानारण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि