अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

सारांश

  • नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ ।
  • आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ ।
  • नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ ।

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ । कुल दुई हजार ४२८ मध्ये एक हजार ८ सय मत खसेको र त्यसको मतगणना लगभग सकिएको नेताहरू बताउँछन् । ३२ वर्षे उमेर हद राख्नुपर्ने र राख्न नहुने पक्षमा जम्मा पाँच मतको अन्तर रहेको छ ।

यही बेला मतगणनामा विवाद भएपछि मतगणना नै रोकिएको छ । यो विषयमा कुरा नमिलेपछि पार्टीको पदाधिकारी बैठक नै बसेर छलफल गर्न लागिएको हो । तर, माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय आगामी केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागिएको बताउँछन् । माओवादीको केन्द्रीय समितिको बैठक यही पुस २१ गते बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश
पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश