रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो
सारांश
- बाढी प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
- सुरुङको अन्तिम भागमा मानिस फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
- सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोन घुमाउँदा समेत मानवीय उपस्थिति नभेटिएपछि सेनाको उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
१५ भदौ, काठमाडौं ।
बाढी प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिस फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।

सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोन घुमाउँदा समेत मानवीय उपस्थिति नभेटिएपछि सेनाको उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङभित्र मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया