क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
३० पटक हेरिएको
Shares
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

सारांश

  • क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ ।
  • आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो ।
  • संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए ।

काठमाडौं ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ । आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए । तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।

‘पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुन लागेको छ त्यसको निकासका लागि सरकारलाई ध्यानाकर्षण गराएका छौं, सरकारले हाम्र माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्ष गर्नेछौं’ तिमल्सिनाले भने । १३ दिन हिरासत बसेर भरखरै रिहा भएका संघका सचिवालय सदस्य शंकर शाहीले आफूलाई विनाकारण राज्यले पक्राउ गरेको भन्दै रोश व्यक्त गरे। शाहीले प्रहरी प्रशासन र म्यानपावर व्यवसायी संघको मिलेमतो रहेको आशंका गर्दै भने,‘मानव तस्कर, देशद्रोहीहरुको उक्साहटमा प्रहरी प्रशासनले मलाई अनावश्यक दुःख दियो, यसको भविष्यमा उनिहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ ‘मलाई सम्मानितसर्वोच्च अदालतले न्याय दिएकोमा कानुन व्यवसायी र अदालतप्रति आभार व्यक्त गर्दछु’,शाहीले भने । संघका सहसंयोजक दोर्ची शेर्पाले संगठनको ४३ बुँदे मागपत्र पढी सार्वजनिक गरेका थिएभने संघका युवा नेता सोम नगरकोटीले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी खेलकुद महासंघका केन्द्रीय संयोजक सूर्य भूजेल र क्रान्तिकारी उद्योग तथा वाणिज्य संघका केन्द्रीय संयोजक शिब धिमालको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ
छोराको हत्या आरोपमा बुबा पक्राउ
छोराको हत्या आरोपमा बुबा पक्राउ
जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने
जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन